नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी रहेका विपिन आचार्यलाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ । उनको स्थानमा इलामका प्रजिअ श्रवणकुमार पोखरेललाई भने बाँके पठाइएको छ ।
केही दिनअघि नेपालगन्जमा भएको दुई समुदायबीच भएको झडपमा राम्रो भूमिका खेल्न नसकेको भन्दै प्रजिअ आचार्याको आलोचना भएको थियो । कतिपयले उनको सरुवा माग गरेका थिए । त्यस्तै गृह मन्त्रालयले २३ असोजको निर्णयअनुसार दोलखा, सर्लाही र इलामका प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरेको छ ।
Advertisement
दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाको सर्लाहीमा सरुवा भएको छ । सर्लाहीमा प्रजिअ रहेका इन्द्रदेव यादवलाई भने इलामको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।









