नेपालगञ्जको बीपीचोकमा हाम्रो सेकुवा घर सञ्चालनमा आएको छ। होटल क्षेत्रमा अनुभवी व्यक्ति गजेन्द्र थापाले सो सेकुवा घर सञ्चालनमा ल्याउनु भएको हो ।
नयाँ वर्ष २०८२ साललाई मध्यनजर गर्दै सुरुवात गरिएको सेकुवा घरको होटल व्यवसायी सङ्घका अध्यक्ष रङ्ग बहादुर खड्का र सञ्चालक थापाकि छोरी समृद्धि थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो
Advertisement

फरक पहिचान फरक स्वाद सहित संचालनमा ल्याइएको होटलमा खाना, सेकुवा छोइला लोकल कुखुरा का परिकार , पेय पदार्थहरु पाइन्छ । उद्घाटनको दिन १० प्रतिशत छुटको व्यवस्था गरिएको थियो
।
आन्तरिक तथा बाहिरी पर्यटकका लागि मध्यनजर गर्दै सो सेकुवा घर सञ्चालनमा ल्याइएको थापाले जानकारी दिनुभयो ।
अर्गानिक खाजाका परिकार तथा लोकल स्वास्थ्य परिकार चखाउने उद्देश्यका साथ सो सेकुवा घर सञ्चालनमा ल्याइएको हो। उत्कृष्ट स्वादका लागि सञ्चालनमा ल्याइएको उक्त सेकुवा घरमा स्थानीय परिकारको समेत व्यवस्था गरिएको छ।









