काठमाडौ । बहुप्रतिक्षित शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव संसदले सर्वसम्मत स्विकृत गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा शिक्षा मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
Advertisement
उक्त प्रस्तावलाई सभामुख देवराज घिमिरेले सदन समक्ष निर्णयार्थ पेश गरेका थिए । उक्त प्रकृया पुरा भएसँगै विधेयकमाथि अब संघीय संसद्को प्रतिनिधि सभा अन्र्तगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल हुने छ ।
समितिमा विधेयक दर्ताको औपचारिक प्रकृया पुरा भए पछि कसरी अघि बढ्ने भन्ने तय गर्ने समिति भानुभक्त जोशीले बताए ।
ुसदनले दफावार छलफलका लागि समितिमा पठाए पछि अब विधेयक समितिमा आउँछ, शिक्षा जस्तो संवेदनशील कुरालाई चाँडो भन्दा चाँडो टुङ्याँउन हामी लाग्छौुं उनले भने, अब दशैं पनि आईसक्यो, दशैं अघि ईन्ट्रिी गराएर सामान्य छलफल गर्न सम्म भ्याईन्छ कि ।
विधेयकमा संशोधन हाल्न सांसदहरुलाई उपलब्ध गराईएको ७२ घण्टे समय बुधबार सकिएको थियो ।एडुखबर ।









