काठमाडौं, २ वैशाख- तनहुँ, देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशुली नदीको किनारमा गोरखा शहिद लखन गाउँपालिका-७ बुङकोट घर भएका २९ वर्षीय निरञ्जन खनाल सोमबार मृत अवस्थामा फेला परेका छन् ।
इलाम, सूर्योदय नगरपालिका-९ ढोरे बस्ने ६५ वर्षीय देव कुमार राई सोही ठाउँस्थित जोगमाई खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









