काठमाडौं, ३ बैशाख- नेपाल यू–१९ ले एसीसी यू–१९ विश्वकप एसिया छनोटमा बुधबार हङकङ यू–१९ विरुद्ध ९ विकेटको सानदार विजय हात पारेको छ। हङकङले आइसिसी यु १९ विश्वकप एसिया छनोटमा नेपाल सामू ११६ रनको लक्ष्य प्रस्तुत गरेको lyof]।
Advertisement
मुलपानी क्रिकेट मैदान (तल्लो) मा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनको योगफल तयार पारेको हो ।
हङकङका लागि शिवले ११६ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे । यसैगरी आर्या पंजवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रन बनाए ।
दोस्रो विकेटका लागि शिव र आर्याले ५० रनको साझेदारी गरेका थिए । नेपालका लागि युवराज खत्रीले चार, विपिनप्रसाद शर्माले तीन सन्तोष यादवले दुई र अशोक धामीले एक विकेट लिएका थिए ।
युवराज खत्रीले लगातार दोस्रो खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि नेपालले हङकङसँगको खेल जित्न १ सय १६ रनको लक्ष्य पाएको थियो। नेपालले तल्लो मूलपानी क्रिकेट मैदानमा १२.३ ओभरमा १ सय १८ रन बनाउँदै विजय हात पारेको हो। नेपालको यो लगातार तेस्रो विजय हो। पहिलो खेलमा यूएईलाई ५ रनले पराजित गरेपछि नेपालले दोस्रो खेलमा ओमानमाथि ८ विकेटको विजय हात पारेको थियो।
अफगानिस्तानले पनि पहिलो दुई खेलमा विजय हात पारेको छ। हङकङ र ओमानविरुद्ध सजिलो विजय हात पारेको अफगानिस्तानले यूएईविरुद्ध माथिल्लो मूलपानी क्रिकेट मैदानमा ३५९/४ को स्कोर बनाएको छ।
नेपाल र अफगानिस्तान बीच शनिबार हुने खेल फाइनल सरह हुने निश्चित भएको छ। नेपाल, ओमान, यूएई, अफगानिस्तान र हङकङ समावेश यो प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुनेछ र विजेता टोली आईसीसी यू–१९ विश्वकपमा पुग्नेछ।








