त्रिबेणी बिकास समाजको २० औं साधरणसभा सम्पन्न ।


नेपालगन्ज, असोज २३ मंगलबार ।
त्रिबेणी बिकास समाज कोहलपुर १४ हवल्दारपुरको २० औं साधरण सभा तथा जनहित त्रिबेणी कृषि सहकारी संस्थाको १५ साधरण सभा, संस्थाका अध्यक्ष बसन्ती तिवारीको अध्यक्षतामा सम्पन्न भएको छ । जनहित त्रिबेणी कृषि सहकारीले मिना आर्यको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमित समेत चयन गरेको त्रिबेणी बिकास समाजका कार्यकारी निर्देशक पतिराम थारुले बताए ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद अचार्यले गरिब बिपन्न, लोपउन्मुख, पछाडि परेका समुदायमा सचेतना पैmलाउन तथा आयआर्जनसंग जोड्नका लागि त्रिबेणी बिकास समाजले महत्पुर्ण योगदान पु¥याएको बताए । अगामी दिनमा संस्थालाई शिक्षामा प्रथामिकता दिएर काम गर्न सुझाव समेत उनले दिए । साधरणसभामा संस्था र सहकारीको ४ वटा प्रतिबेदन समेत प्रस्तुत गरिएको छ । त्रिबेणी बिकास समाजको बार्षिक प्रतिबेदन संस्थाका कार्यकारी निर्देशक पतिराम थारुले प्रस्तुत गरेका थिए, भने आर्थिक प्रतिबेदन संस्थाका कोषाध्यक्ष शुसिला चौधरी घर्तिले प्रस्तुत गरेकी थिइन् । जनहित त्रिबेणी कृषि सहकारीको बार्षिक प्रतिबेदन अध्यक्ष हस्ता बिष्टले प्रस्तुत गरेकी थिइन्, भने आर्थिक प्रतिबेदन सहकारीका व्यवस्थापक कविता थापाले प्रस्तुत गरिन् ।

कार्यक्रममा बिभिन्न संघसंस्था, सहकारी तथा समाजका अगुवा प्रतिनिधिहरुले शुभकामना मन्तव्य समेत दिएका थिए । त्रिबेणी बिकास समाजले बिगत लामो समयदेखि कोहलपुर र जानकीमा बालबिवाह, प्रजनन् स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका सचेतना, आयआर्जनमा बृद्धि लगायत्का क्षेत्रमा काम गर्दै आएको छ । कार्यक्रमको संञ्चालन संस्थाका कार्यक्रम संयोजक मिश्रिलाल यादवले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु