
नेपालगन्ज, ३ बैशाख २०८१
नेपालगन्ज १० गोसाई गाउँमा थारु हाउस् संञ्चालनमा आएको छ । बुधबार नेपालगन्जमा मेयर प्रशान्त बिष्टले थारु हाउसको रिबन काटेर उद्घाटन गरे । मेयर बिष्टले थारु हाउसको सफलताको शुभकामना दिदै भने, कफी र थारु परिकार रुचाउनेका लागि उपयुक्त स्थान छ ।
हाउसले पक्कै पनि कमी र थारु परिकारका पराखीहरुका लागि बिश्वास जित्ने उनले बताए । एक करोडको लगानीमा आएको थारु हाउसमा हिमालय जाभाको प्रख्यात कफीका साथै अदर अनुसारको अन्य खाजा र खानाका आइटमहरु पनि उपलब्ध रहेको छ ।
Advertisement

नेपालगन्जमा सम्पुर्ण थारु परिकार पाउने एकमात्र ठाउँ थारु हाउसमा थारु समुदायको लोकप्रिय परिकार ढिक्री, घोघी, अनदीको बरिया, सिध्र, कचालु, बयरको चट्नी, दोकनीक चट्नीको स्वाद लिन सकिने संञ्चालक बिनोद थारुले बताए ।
उनले भने, अहिले शुरुवात्को चरणमा छ, बिस्तारै थारु हाउसलाई नेपालगन्जमा पाहुनाका लागि सुबिधा सम्पन्न हाउसको रुपमा बिस्तार गर्ने छौं । अहिले थारु हाउसमा आउने पाहुना रमाउन तथा फोटो खिचाउनका लागि थारु अटुवाको पनि सुबिधा रहेको छ ।
एसीजडित हाउसमा बस्नका लागि सुबिधासम्पन्न टेबल र सोफाहरु राखिएको छ । हाउस उद्घाटनका क्रममा नेपालगन्जमा रहेका विभिन्न क्षेत्रका ब्यक्तीहरु उपस्थित भएका थिए । उद्घाटनको पहिलो दिन प्रतिनिधि सभाका सांसद किशोरसिंह राठौंर, लुम्बिनी प्रदेशका पुर्वसांसद मोहम्मद याकुव अन्सारी, नेपाली काँग्रसका जिल्ला सभापति नरायण प्रसाद गौडेल, भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाह, खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल लगायत अतिथीहरु पनि पुगेका थिए ।











