सुन जस्तो देखिने धातु सहित एक जना पक्राउ

 

स्याङ्जा, ४ बैशाख । गल्याङ नगरपालिका–१ राम्दीबाट सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ परेका छन ।

Advertisement

 

सुन जस्तो देखिने ७ तोला ९ सय ६९ लालसहित वालिङ नगरपालिका–६ बस्ने बस्ने ३६ वर्षीय प्रदिप अर्याललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

 

अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग.१ ज ८८०९ नम्बरको ईभि भ्यानलाई जाँच गर्ने क्रममा चालक अर्यालले लुकाई छिपाई ल्याएको बिल नभएको उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु