राष्ट्रिय टोलीका तीन सदस्य सहित मैदानमा उत्रिदै त्रिभुवन आर्मी क्लब

नेपालगन्ज / लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा राष्ट्रिय महिका टिमका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिने भएको छ।

नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य बिमला विके, चन्दा भण्डारी बिमला चौधरी आर्मिको टोलमा समावेश रहेका छन् ।

Advertisement

त्यसैगरी नेपाली राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका शर्मिला थापा, सपना लामा, दिपा राई ,अन्जली वाइबा पनि आर्मीको टोलीमा रहेको टिम म्यानेजर युद्ध शाहीले जानकारी दिनुभयो। टोलीको हेडकोमा चक्र तामाङ रहनुभएको छ। तीन सदस्य प्रतियोगिता खेल्न त्रिभुवन आर्मी क्लबको बुधबारनै नेपालगन्ज आएर प्रशिक्षणमा व्यस्त रहेको छ। २०८१ मा उपाधी जित्न नसकेको आर्मी २०८२ उपाधी जित्ने लक्ष्य सहित मैदानमा उत्रिँदैछ।

नेपालगगन्ज २० मा रहेको आर्मीको ब्यारेक पछाडिको खेल मैदानमा लगातार तीन दिनदेखि आर्मीको टिम प्रशिक्षणमा रहेको छ।

बुधबार नेपालगञ्ज आइपुगेको टिमले बिहीवार पनि अभ्यास गरेको छ ।
आर्मीले शुक्रबार सुदूरपश्चिम एफसीले प्रतिस्पर्धा गर्ने छ। उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्नुहुने आयोजकका गोविन्द पौडेलले जानकारी दिनुभयतिन ३ बजे पछि हुने छ।

नेपालगञ्ज रंगशालामा बैशाख ५ गतेबाट सुरु हुने खेलमा ६ गते पुलिस र भारतको सिलगुडी क्लब बीच खेल हुनेछ भने ७ गते तेस्रो खेलमा घरेलु टिम बाँकी ११ र रौतहट जिल्ला फुटबल संघको टिमले खेल्नेछ भने प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको बिजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेता टिमले २ लाख ५० हजार प्राप्त छ्न ।
प्रतियोगिता हेर्नका लागि सिजनलको फुल प्याकेज १५००को टिकटको व्यवस्था गरिएको छ। साथै विद्यार्थीहरूको लागि सहुलियत दरमा टिकट व्यवस्था गरिएको आयोजकले जनाएको छ। खेल हेर्नका लागि भिआइपी प्याराफाइट र नर्मल प्याराफिट अनुसारको टिकटको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको ९ गतेबाट सेमीफाइनलका खेलहरु सुरु हुनेछ भने १२ गते फाइनल खेल हुने छ

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु