गुलरिया नगरपालिका–४, इन्द्रेणी टोलमा राखिएको केजको बुधबार साँझ अवलोकन गर्दै प्रजिअ शर्मासहितको टोली ।
Advertisement
बर्दिया — गुलरिया नगरपालिका–४ इन्द्रेणी टोलमा आतंक मच्याई रहेको चितुवाले नियन्त्रणका लागि राखिएको केजमा बाख्राको पुच्छर खाएको छ । तर, बाख्राको पुच्छर खाए चितुवाले खाए पनि केजमा परेको छैन ।
ईकान्तिपुरको सामाचार अनुसार दुई साततादेखि डिभिजन वन कार्यालयले चितुवा नियन्त्रणमा लिन चारवटा ‘केज’ राखेको छ । चितुवाको गतिविधि अध्ययनका लागि ७ वटा क्यामरा पनि जडान गरिएको छ ।
तर, दैनिक देखिने समस्याग्रस्त चितुवा भने अझैसम्म वनको केजमा पर्न नसकेको डिभिजन वन कार्यालनाएकय बर्दियाले जनाएको छ । चितुवाले त्यस क्षेत्रमा निरन्तर आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।
यसअघि चितुवाले गत चैत २० गते गुलरिया नगरपालिका–५ बालापुरका ७ वर्षीय सिर्जन चौधरीलाई हजुरआमासँग गुलरिया–४ इन्द्रेणी टोलस्थित खेतमा गएका बेला दिउँसै आक्रमण गरी घाइते बनाएको थियो । चैत २७ मा इन्द्रेणी टोलमै खेतमा गहुँ काटिरहेको अवस्थामा चितुवाले पछाडिबाट आक्रमण गर्दा ६५ वर्षीय बिकुलाल थारु घाइते भएका थिए ।









