सुनको मुल्य ८ सय रूपैयाँले घटयो

 

काठमाडौं, ५ बैशाख । सुनको मुल्य तोलामा ८ सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो ।

Advertisement

जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कारोबार भएर एेतिहासिक मुल्य कायम भएको थियो ।

 

तर, चाँदीको मूल्य भने स्थिर रहेको छ । जसअनुसार बिहीबार झै आज पनि चाँदी प्रति तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु