लुम्बिनी कपमा नेपाल पुलिस क्लब र भारतको सिलगढी क्लब बीच प्रतिस्पर्धा हुँदै

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लब र भारतको सिलगढी क्लब बीच प्रतिस्पर्धा हुने भएको छ।

खेल दिउँसो ४ बजेपछि नेपालगञ्जको महेन्द्र रङ्गशालामा सुरु हुँदैछ। खेलको विजेताले हिजो भएको खेलमा विजयी भएको त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। आर्मीले उद्घाटन खेलमा सुदूरपश्चिमलाई शन्यका विरुद्ध चार गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरिसकेको छ ।

Advertisement

भोलि आइतबार हुने तेस्रो खेलमा घरेलु टिम बाँकी ११ र रौतहट जिल्ला फुटबल संघ बिच खेल हुने छ ।

प्रतियोगिताको बिजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेता टिमले २ लाख ५० हजार प्राप्त छ्न ।
प्रतियोगिता हेर्नका लागि सिजनलको फुल प्याकेज १५००को टिकटको व्यवस्था गरिएको छ। साथै विद्यार्थीहरूको लागि सहुलियत दरमा टिकट व्यवस्था गरिएको आयोजकले जनाएको छ। खेल हेर्नका लागि भिआइपी प्याराफाइट र नर्मल प्याराफिट अनुसारको टिकटको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको ९ गतेबाट सेमीफाइनलका खेलहरु सुरु हुनेछ भने १२ गते फाइनल खेल हुने छ

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु