/ लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलमा नेपाल पुलिस क्लब विजयी बनेको छ। नेपालगन्ज रंगशालामा आज पुलिस क्लबले भारतीय सिलगुडी टिमलाई शुन्य का विरुद्ध ४ गोल अन्तरले पराजित गरेको हो। पुलिस क्लबबाट गृह जिल्ला बाँके घर भएका निर्मला उपाध्यायले दुई गोल गरिन् भने अर्का अर्का गृह जिल्ला बाँकेकै निरु थापाले एक गोल गरेकि छिन 
दुवैजना अहिले विभागीय टिम नेपाल पुलिस क्लबबाट फुटबल खेल्ने गर्दछन्। खेलमा अर्को गोल भने मिना देउवाले गरेकी थिइन्। प्लेर अफ द म्याच पुलिसकी निर्मला भइन् ।
Advertisement
प्रतियोगितामा नेपाल र भारतका गरेर ८ वटा टिमको सहभागिता छ । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमको सहभागिता छ ।
बाँके जिल्ला फुटबल संघसंगको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ । प्रतियोगिता वैशाख १२ गतेसम्म चल्नेछ ।
पहिलो दिनको खेलमा शुक्रवार त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम एफसीलाई ४–० ले पराजित गरेको थियो









