सात वर्षमा पनि निर्माण भएन ओराली बजारदेखि बर्दिया राष्ट्रिय निकुञ्ज पुग्ने सडक

 

बबई (बर्दिया) । बर्दियाको ओराली बजारदेखि बर्दिया राष्ट्रिय निकुञ्ज पुग्ने सबैभन्दा छोटो दुरीको सडकका नामले परिचित मधुवन नगरपालिका–२ को खैरेनी कुस्मनिया सडक असफाल्ट कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भएको सात वर्ष हुँदा पनि निर्माण सम्पन्न हुन सकेको छैन् ।

Advertisement

५५० मिटर मात्र लम्बाइ र तीन मिटर ७५ सेन्टिमिटर चौडाइ रहेको खैरेनी कुस्मनिया सडक कालोपत्रे गर्न २०७५ पुस २० गते ठेक्का सम्झौता गरेर अमन कन्स्ट्रक्सनले निर्माणको जिम्मेवारी लिएको थियो ।

सडक निर्माणका लागि मधुवन नगरपालिकाले २०७५ सालमा ठेक्का आह्वान गरेको थियो । ठेक्का प्रक्रिया अन्तर्गत अमन कन्स्ट्रक्सनले ४६ लाख सात हजार ९५० रुपियाँमा सडक निर्माण गर्ने सम्झौता गरेको भए पनि काम नगरेर अमन कन्स्ट्रक्सनका प्रोप्राइटर सम्पर्कविहीन भएको स्थानियले बताएका छन् ।

स्थानिय सरकारको ठेक्का आह्वानमा २०७५ सालमा सडक निर्माण सुरु भयो । सडकको केहीँ काम पनि भयो । कालोपत्रे गर्ने सडक सात वर्ष पूरा हुँदा पनि अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । स्थानिय श्यामलाल थारूले भन्नुभयो, “हामीहरूले धुलो कति खाइयो, सडकतर्फ हेर्दा हेर्दा सात वर्ष बितेछ, अहिलेसम्म सडक कालोपत्रे भएन । गोरखापत्र अनलाइन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु