इजरायलमा रहेका २५४ नेपाली नागरिकको उद्धार

 

काठमाडौँ — इजरायलमा रहेका २५४ नेपाली नागरिक शुक्रबार बिहान स्वदेश आइपुगेका छन् । हमासको आक्रमणबाट घाइते भएका धनबहादुर चौधरीसहित नेपाली विद्यार्थीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा उनीहरूका आफन्तमा आँसुमिश्रित खुसी छाएको थियो । भेट्नेबित्तिकै उनीहरुले अंगालो मारेर खुसी साटेका थिए ।

Advertisement

 

 

नेपाल एयरलाइन्सको विमानबाट उनीहरुलाई सरकारले उद्धार गरेर ल्याएको हो ।इजरायलमा अर्न एण्ड लर्न कार्यक्रममा गएका विद्यार्थीहरुसहित स्वदेश फर्कन लागेका नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी इजरायल पुगेका थिए ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु