नेपालगन्ज । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा घरेलु टोली बाँके जिल्ला फुटबल संघले रौतहट जिल्ला फुटबल संघसँग प्रतिस्पर्धा गर्ने भएको छ।
नेपालगञ्ज रङ्गशालामा मध्यान्न ४ बजेपछि खेल सुरु हुनेछ । आजबाट समूह बीका खेलहरू सुरु भएका छन्। समूह बीमा भोलि नेपाल सशस्त्र प्रहरी बल र कर्णाली प्रदेशबीच खेल हुने आयोजक सदस्य गोविन्द पौडेलले जानकारी दिनुभयो ।पौडेलका अनुसार आज बाँकेको खेल भएकाले दर्शकको उल्लेखनीय सहभागिता हुने अपेक्षा गरिएको छ। जिल्लामा लामो समयपछि प्रतियोगिता भइरहेकाले बाँकेका खेलाडीहरूमा उत्साह समेत छाएको छ ।
Advertisement
प्रतियोगिताको बिजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेता टिमले २ लाख ५० हजार प्राप्त छ्न ।
प्रतियोगिता हेर्नका लागि सिजनलको फुल प्याकेज १५००को टिकटको व्यवस्था गरिएको छ। साथै विद्यार्थीहरूको लागि सहुलियत दरमा टिकट व्यवस्था गरिएको आयोजकले जनाएको छ। खेल हेर्नका लागि भिआइपी प्याराफाइट र नर्मल प्याराफिट अनुसारको टिकटको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको ९ गतेबाट सेमीफाइनलका खेलहरु सुरु हुनेछ भने १२ गते फाइनल खेल हुने छ









