कोहलपुर। बाँकेको कोहलपुर नगरपालिका वार्ड नम्बर ११ स्थित शुभलक्ष्मी फेन्सी पसलमा भएको आगोलागी नियन्त्रणमा आएको छ ।
स्थानीय मेघराज लम्सालको दुई तले घरमा रहेको फेन्सी पसलमा भएको आगोलागीको कारण अझै खुलेको छैन। बिधुत सर्ट भएर आगोलागी भएको शंका गरिएको छ ।
Advertisement
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुईवटा दमकल र प्रहरीले आगो नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसान्धानमा करिब १५ लाख क्षति भएको अनुमान छ ।









