काठमाडौँ — निषेधाज्ञा तोडेर प्रदर्शन गर्ने तयारीमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन नेता पक्राउ परेका छन् ।
Advertisement
संसदीय दलको कार्यालयमा बैठक सकेर निस्केपछि सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू पक्राउ परिसकेपछि पनि राप्रापाका नेता तथा कार्यकर्ताहरु प्रदर्शन जारी राखेकाछन् । प्रदर्शनले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । प्रदर्शनकारीले प्रहरी घेरा तोड्ने प्रयाससमेत गरेका थिए ।
राप्रपाले राजतन्त्र पुनःस्थापनाको माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।









