नेपालगन्जको बिपि चोकका व्यवसायिक सटरमा आगलागी, करोडौंको क्षति

नेपालगन्ज । नेपालगन्जको बिपि चोकमा रहेका व्यावसायिक सटरमा आगलागी भएको छ ।
आगलागीमा परि करोडौंको क्षती भएको प्रहरीले जनाएको छ ।
आज विहान करिव साढे चार बजेतिर आगलागिमा परि सात वटा व्यावसायिक सटर जलेको हो ।।प्रहरीका अनुसार आले टेड्रसबाट आगलागी सुरु भएको थियो । आगलागीबाट वार्सिक काठ फर्निचर, शनिया, लक्ष्मी स्टील, विरमान फर्निचर र चिन्टु किराना पसल पनि जलेर ध्वस्त भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका दुई दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको हाल क्षतिको विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु