कपिलवस्तु — टिकटकमा पेस्तोल र तरबारसहित हतियार प्रदर्शन गरेपछि शुद्धोधन गाउँपालिका वडा नं ६ महादेवका २१ वर्षीय रघुबिन्द यादव पक्राउ परेका छन् । उनले आफ्नो टिकटक अकाउन्टमा पेस्तोल, तरबार र खुडासहितको हतियारको भिडियो बनाएर अपलाुड गरेका थिए ।
Advertisement
उक्त भिडियोका कारण स्थानीयमा डरत्रास र आतंक सिर्जना भएको सूचनापछि ईप्रका पकडीबाट खटिएको टोलीले यादवलाई मायादेवी गाउँपालिका वडा नं १ पकडीस्थित मायादेवी होटलबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध समाजमा शान्ति सुरक्षामा खलल पुर्याएको अयोगमा जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्यादन थप गरी अनुसन्धान भइरहेको छ ।









