रिहाईपछि राप्रपा महामन्त्री धवल शम्सेर जबरा बुधबार मुम्बई जाने

 

काठमाडौँ । राज्य द्रोहको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा उपचारका लागि रिहाई भएपछि बुधबार मुम्बई जाने भएका छन् ।

Advertisement

क्यान्सरको फलोअपका लागि जबरा भारतको मुम्बई जान लागेको बताइएको छ । तीनकुनेमा अवान्छित गतिविधि गरेको आरोपमा गत चैत १५ गते उनी पक्राउ परेका थिए । प्रहरीले बोलाएको बेला उपस्थित हुनेगरी प्रहरीले उनलाई हाजिर जमानीमा रिहा गरेको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु