परासी — पश्चिम नवलपरासीको बर्दघाटबाट नक्कली नेपाली नोटसहित बर्दघाट नगरपालिका-४ स्थित एक होटलमा छापा मारेर दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेमा तनहुँको ऋषिङ-२ का २० वर्षीय सुरज विक र नवलपुरको बुलिङ्टार-३ ठिमुरेका कृष्णबहादुर विक छन् । उनीहरुका साथबाट एक हजार दरका १ लाख ३९ हजार बराबरको नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी रेशम बोहोराले बताए









