टोटनहम घरेलु मैदानमा नै पराजित

 

काठमाडौं, ९ बैशाख । टोटनहम इङ्लिस प्रिमियर लिगमा पुनः पराजित भएको छ । सोमवार राती सम्पन्न खेलमा टोटनहम नटिङघम फरेस्टसँग २–१ ले पराजित भएको हो ।

Advertisement

 

टोटनहम हट्स्पर रंगशालामा पाहुना टोली नटिङघमलाई जित दिलाउन एलिएट एन्डरसन र क्रिस उडले गोल गरेका थिए । टोटनहमका लागि रिचार्लिसनले
मात्र एक गोल फर्काउन सफल भए ।

 

निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा रिचार्लिसनले गोल गर्दै टोटनहमलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो भने अपराजित हारको रेकर्ड तोडन  जीतका लागि पर्याप्त भएन ।

 

नटिङमले लगातार दोस्रो हारपछि जित निकालेको हो भने टोटनहमको पछिल्ला पाँच खेलमा यो चौथो पराजय हो ।

 

जितसँगै ३३ खेलमा ६० अंक जोडेको नटिङघम तेस्रो स्थानमा उक्लिएको छ भने पराजित टोटनहम समान खेलबाट ३७ अंकका साथ १७औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु