तिलोत्तमा — रूपन्देहीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरिजनको शव मंगलबार फेला परेको छ ।
Advertisement
उनीहरूको खोजीका लागि राति नै सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो ।
टोलीले मंगलबार बिहान बेपत्ता भएकै स्थानभन्दा २० मिटर पर बाट दुई बालकको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्तामध्ये १४ वर्षीय राज यादवको शव भने सोमबार साँझ फेला परेको थियो ।









