बर्दिया । नदी प्रदुषित बन्दै गएपछि त्यसको असर जलचर प्राणीमा परेको छ । माछा कम हुँदै गएपछि घडियाल प्रजातिको गोही अति संकटापन अवस्थामा पुगेको छ । उक्त प्रजातिको गोहीले माछाबाहेक अरु शिकार गर्दैन ।
प्रदुषणका कारण प्रजननमा पनि सोझो असर परेको छ । प्रदुषणले तापक्रम खलबलिएपछि गोहीको अण्डा बिग्रिएर खेर जाने गरेको हो । ‘त्यसैले यो प्रजातिको गोही बिश्वकै दुलर्भ तथा नेपालमा अति संकटापन अवस्थाबाट ग्रुजिरहेको छ,’ बर्दिया राष्ट्रिय निकुन्जका अधिकारी भन्छन्,‘नदी प्रदुषणका कारण दुई प्रतिशत बच्चा हुर्किन्छ भन्ने छ । तर त्यसको पनि कुनै निश्चित हुँदैन ।’
Advertisement
बिश्वमै दुर्लभ तथा नेपालमा संकटापन अवस्थामा रहेका घडियाल संरक्षणका लागि बर्दिया निकुन्जले गोही प्रजनन् केन्द्र स्थापना गरेको छ । पोथी गोहीले पारेको अण्डालाई कृत्रिम तरिकाले कोरलेर हुर्काउन खोजिन्छ । निश्चित तापक्रममा अण्डा कोरलिने भएकाले निकै संबेदनशिल मानिन्छ । अलिकति तापक्रम नमिल्ने हो भने अण्डा बिग्रिन्छला। अण्डाबाट निस्केको बच्चा मर्छ । त्यसैले अतिसंकटापन मानिएको हो,’ लामो समयदेखि संरक्षण क्षेत्रमा लागेका लल्मीदत्त जोशी भन्छन् ।
प्रजनन् केन्द्रमा हुर्किएको गोहीलाई बबै र कर्णाली नदीमा लगेर छोड्ने गरिएको छ । संरक्षणकर्मीहरुका अनुसार घडियाल गोही हुर्किएर ब्यस्क हुँदासम्म एक प्रतिशत मात्रै बाँच्छ ।
प्रजनन् केन्द्रमा हाल दुई भाले र चार पोथी गरी छ वटा प्रजनन योग्य घडियाल गोही छन् । हुर्किदै गरेका घडियाल मरेर संख्या तलामाथि भइरहन्छ । ब्यस्क भएपछि नदीमा लगेर छोडिन्छ । नेपालमा सबैभन्दा बढी बबई र चितवनको राप्ती नदीमा घडियाल पाईन्छ । कर्णालीमा भने निकै न्युन भेटिने गरेको निकुन्जले जनाएको छ ।
सन् २०१८ मा थापा एण्ड अलले बई नदीमा ड्रोन मार्फत गरेको सर्बेक्षणमा ३३ घडियाल भेटिएका थिए । सन् २०१६ मा बबईमा २५ देखि ३० र कर्णालीमा १ देखि ३ वटासम्म घडियाल देखिएको अभिलेख छ । नदी र खोलामा माछा मार्न बिष प्रयोग गरिएका कारण घडियाल प्रजातिको गोही संकटमा परेको हो । त्यसको संरक्षणका लागि लामो समयदेखि प्रयास जारी छ ।
घडियाल गोहीका लागि आवश्यक पर्ने आहारा माछा प्रयाप्त हुनुपर्छ । घडियाल गोही सफा पानीमा बस्न मन पराउने र माछा मात्रै आहारा खान्छ । माछा अभावमा उक्त प्रजाती बिश्वकै दुलर्भ मानिएको हो । माछा नपाईने र मानवीय गतिबिधि बढी हुने स्थानमा बस्दैन । तर, मगर गोही फोहार पानीमा बस्न सक्ने र पशुचौपायाको मासुसमेत आहारा गर्ने भएकाले जस्तोसुकै स्थानमा पनि बस्न सक्छ । नदीमा माछा मार्न बिष प्रयोग गरिने भएका कारण प्रदुषण बढेको हो । घडियाल गोहीको प्रजनन केन्द्र बर्दियाको ठाकुराद्वारा र चितवनको सौरहामा स्थापना गरिएको छ ।
‘









