नेपालगञ्ज रङ्गशालामा आर्मी र पुलिस भिड्दै

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा आज विभागीय दुई टोली बीच सेमिफाइनलमा प्रतिस्पर्धा हुने भएको छ।

नेपालगञ्जको महेन्द्र रङ्गशालामा साढे चार बजेपछि हुने खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुने आयोजक गोविन्द पौडेलले जानकारी दिनुभयो त्यस्तै प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा भोलि सशस्त्र प्रहरी बल र रौतहट फुटबल क्लब बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Advertisement

प्रतियोगिताको बिजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेता टिमले २ लाख ५० हजार प्राप्त छ्न ।

प्रतियोगिता हेर्नका लागि सिजनलको फुल प्याकेज १५००को टिकटको व्यवस्था गरिएको छ। साथै विद्यार्थीहरूको लागि सहुलियत दरमा टिकट व्यवस्था गरिएको आयोजकले जनाएको छ। खेल हेर्नका लागि भिआइपी प्याराफाइट र नर्मल प्याराफिट अनुसारको टिकटको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको ९ गतेबाट सेमीफाइनलका खेलहरु सुरु हुनेछ भने १२ गते फाइनल खेल हुने छ

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु