काठमाडौं, १० वैशाख
काठमाडौं महानगरपालिका-८ पशुपति आर्यघाट नजिकै सत्तल पेटिमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
खोटाङ, ऐसेलुखर्क गाउँपालिका-१ वादस्कु बस्ने ४५ वर्षीय यादवराज राई सोही गाउँपालिका राखाबाङदेलस्थित सडकमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
चितवन, कालिका नगरपालिका-५ भिमउली सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६२ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषा, जनकपुरधाम उपमहानगरपालिका-२३ जिरोमाईलस्थित बसपार्कको मेन गेट अगाडि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









