काठमाडौं, १० वैशाख-उदयपुर, कटारी नगरपालिका-१४ भदौरे बेशी टोल बस्ने सुर्य बहादुर मगरको घर र २ वटा गोठमा मंगलबार दिउँसो आगलागी हुँदा करिब १२ लाख ४१ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
Advertisement
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२३ ताजपुर टोल बस्ने ५२ वर्षीय खलिल मियाको गोठघरमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
पाँचथर, मिक्लाजुङ गाउँपालिका-८ टोखा गाउँस्थित कञ्चनजंगा सामुदायिक वनमा मंगलबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने बीर बहादुर मगरको घर र गोठ एवम् सोही ठाउँस्थित रहेको बाल विकास विद्यालय समेतमा आगलागी हुँदा करिब १० लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रण लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।









