चितवन — जंगली जनावर गाउँ पस्नबाट रोक्न लगाइएको विद्युतीय तारबारको करेन्ट लागेर चितवन माडी नगरपालिका–९ कृष्णनगरका २८ वर्षीय विकल्प सुवेदीको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ ।
Advertisement
उनलाई घाँस काट्न बारीमा जाँदा साँझ साढे ६ बजेतिर करेन्ट लागेको थियो । उपचरका क्रममा सात बजेतिर चिकित्सकले मृत घोषणा गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।









