लुम्बिनीका तराई क्षेत्रको तापक्रम ४० डिग्री पुग्यो

बर्दिया- जल तथा मौसम बिभागका  अनुसर्‍ लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढेको छ । ती जिल्लामा तातो हावा चल्ने मौसमविद्हरुले चेतावनी दिएका हुन् ।

लुम्बिनीका साथै मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मी बढेको छ ।

Advertisement

पछिल्लो मापन अनुसार लुम्बिनीका केही जिल्लामा ४० डिग्री पुगेको छ । अरु प्रदेशका तराईका जिल्लामा पनि तापक्रम ३८ डिग्रीभन्दा धेरै पुगेको महाशाखाले जनाएको छ ।

कसरी हुने सुरक्षित ?

तातो हावाको लहरले मानव शरीरमा विभिन्न समस्या देखिन्छ । थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने हुनसक्छ ।

त्यसैले यस्ता समस्याबाट बच्त सतर्क रहन मौसमविद्ले सुझाव दिएका छन् । यस्तो बेलामा घरभित्र वा चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउनपर्छ ।

स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु