
बर्दिया, असोज २६ शुक्रबार
बर्दियाको बारबर्दिया नगरपालिका ५ बरदिया गाउँमा पहिलो पटक पौराणिक लोक नृत्य प्रतियोगिता तथा बृहत संस्कृतिक कार्यक्रम शूर भएको छ । राष्ट्रिय थारु कलाकार मंच बर्दियाको आयोजना तथा पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोगमा कार्यक्रम भैरहेको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्रि धर्म बहादुर चौधरीले उद्घाटन गर्नुभको छ । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्रि चौधरीले थारु समुदाय कला संस्कृतिमा धनी समुदाय भएको बताए । मन्त्रि चौधरीले भने, हामी कला संस्कृतिको धनी समुदाय हौं, यही कलासंस्कृतिले नै हामीलाई एकै ठाउँमा बाँधेर राखेको छ । थारु समुदाय आप्mनो कलासंस्कृतिलाई देशबिदेशसम्म पु¥याउन नसक्दा पछाडि परेको छ । यसलाई संरक्षण गर्नु पर्ने सबैको जिम्मेबारी र दायित्व रहेको उनले बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका माननिय राज कुमार चौधरी, भुवानेश्वर चौधरी, जन्मजय तिमिल्सेना, बारबर्दियाका मेयर छबिलाल थारु, उपमेयर रत्न कुमारी पाण्डे, पुर्वा मेयर दुर्गा बहादुर थारु, पर्यटन डिभिजन कार्यालय कोहलपुरका अधिकृत टंका नाथ खनाल लागयत्ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको पहिलो दिन थारु कला संस्कृति संरक्षणमा लामो समयदेखि टेवा पु¥याउदै आएका ११ जनालाई कदर पत्र सहित सम्मान गरिएको छ । दोस्रो दिन समापन कार्यक्रममा पनि थारु भाषा संस्कृति संरक्षणमा योगदान पु¥याउने योगदानकर्ताहरुलाई सम्मान गरिने राष्ट्रिय थारु कलाकार मंच बर्दियाका अध्यक्ष परदेशी चौधरीले बताए । कार्यक्रममा अतिथिहरुलाई पनि माया चिनो प्रदान गरिएको मंचले जनाएको छ । प्रतियोगिताको पहिलो दिन थारु भाषा संस्कृति झल्किने बिभिन्न ७ बिद्याका १६ वटा टिमले पौराणिक लोक नृत्य प्रस्तुत गरेका छन् ।
Advertisement

प्रतियोगिता तथा संस्कृतिक कार्यक्रमले पौराणिक लोककला संस्कृतिको संरक्षण तथा प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्य राखिएको छ । आदीबासी जनजाती समुदायमा रहेको लोककलाको संरक्षण गर्न अभिप्रेरित गर्दै प्रोत्साहन गर्ने, बर्दियाली कलाकारहरुको मनोबल बढाउन हौसला प्रदान गर्ने, कला तथा गितसंगित जगेर्ना गर्नमा सकृयता र सहभागितामा बृद्धि गर्ने, पौराणिक लोक कला संरक्षणकर्ता तथा सर्जकहरुलाई सम्मान गर्ने, स्थानीय रैथाने खानपान व्यवस्थानको व्यवसायिकरण गर्न टेवा पु¥याउने, बर्दियाली कलाकारहरुको प्रस्तुतिबाट मनोरञ्जन प्रदान गर्ने, बर्दिया जिल्लामा रहेका ऐतिहासिक, संस्कृतिक तथा पौराणिक स्थालहरुको प्रचार प्रसार गर्ने उद्देश्य राखिएको छ ।

दुई दिनसम्म चल्ने कार्यक्रममा थारु लोक कला, भेषभुषा, संस्कृति झल्किने हुरडुग्वा, लक्ठिहवा, झर्रा, सखिया, मुङग्रहवा दिन उठवा, बिहगरा, पैया गरी आधा दर्जन बढी बिधाका संस्कृतिक नाच प्रस्तुतिकरण रहने आयोजकले जनाएको छ । सहभागि हुने सबै बिधाका नाच माध्ये ३ उत्कृष्ट तिमलाई पुरास्कृत गर्ने अध्यक्ष चौधरीले बताए ।
संस्कृतिक कार्यक्रममा जिल्लाको बारबर्दिया र गुलारिया नगरपालिकाका भित्रका थारु समुदायले प्रतियोगिता तथा संस्कृतिक कार्यक्रममा भाग लिन पाउने व्यवस्था मिलाएइएको थियो । प्रतियोगितामा बारबर्दिया, गुलारिया र ठाकुरबाबा नगरपालिका गरी ५२ तिमको सहभागिता रहेको राष्ट्रिय थारु कलाकार मंच बर्दियाका महसचिव महेशराम थारुले बताए । प्रतियोगिता तथा संस्कृतिक कार्यक्रम २७ शनिवार समापान गरिने आयोजकले जनाएको छ ।










