बर्दिया कारागारः कैदीबन्दीको क्षमता १५०, राखियो ४२८ जना

 

गुलरिया । गुलरिया नगरपालिको तुलापुरस्थित जिर्ण रहेको बर्दिया कारागारको क्षमता १५० जना छ । तर, जिल्लामा अपराधिक घटना बढेसंगै उक्त कारागारमा हाल ४२८ जना कैदीबन्दीलाई राखिएको छ । कैदीबन्दीको संख्या दुई गुणा बढी भएपछि उनीहरुलाई बस्न, उठ्न र सुत्न समस्या भएको छ । उनीहरुलाई हरेक गतिबिधि गर्न सास्ती भोग्नु परेको छ ।

Advertisement

ब्याम गर्न समेत उनीहरुलाई स्थान अभाव भएको छ । कारागारभित्र कोच्चिएर सुत्नुपर्ने बाध्यता रहेको कैदीबन्दीहरुको गुनासो छ । शौच गर्न, नुहाउनलगायतका समस्या रहेको छ । खेल्न र शारीरिक व्यायाम गर्नका लागि ठाउँ साँघुरो भएको हुनाले त्यसको पनि पर्याप्त सुविधा छैन । खाना पकाउने भान्सा सानो र साँघुरो हुँदा सास्ती भोग्नुपर्ने अवस्था रहेको कैदीबन्दीको गुनासो छ ।

बर्दिया कारागारका प्रमुख नरबहादुर सार्कीले लामो समयदेखि कारागारको नयाँ भवन निर्माणका लागि माग गरे पनि पूरा हुन नसकेको बताए । उनले कैदीबन्दीहरुले देनिक गुनासो गरे पछि समस्या सुलझाउन नसेको जनाए। सरकारले नयाँ भवन निमार्ण नगर्दासम्म समस्या उस्तै रहने तर्क गरे ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु