बर्दिया । जनमत पार्टीका अध्यक्ष सिके रावतको सचिवालयले यही वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच जनमत र नागरिक उन्मुक्ति पार्टीबीच बैशाख १७ गते एकता घोषणाको तयारी भईरहेको जनाएको छ । केहीबेर मात्रै रावतको सचिवालयले सामाजिक सन्जाल फेसबुकमा उक्त कुरा सार्वजनिक गरेको हो ।
सचिवाललयले जारी गरेको सन्देश जस्ताको तस्कै ।
Advertisement
धेरै पार्टी र शक्तिहरूको अहिले निद्रा उडेको छ। किनकि आन्दोलन र जनताको बीचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ। नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ।
तर हामीलाई शक्तिशाली देख्न नचाहने तत्त्वहरूले हामीलाई ९जनमतरनाउपा दुइटैलाई० तहस(नहस गर्नका लागि विगत ७(८ महिनादेखि कुनै कसर बाँकी राखेका छैनन्।

परिवारमा झगडा लगाएर फुट ल्याएर होस् कि पार्टी भित्रैका पदाधिकारीहरूमाथि पैसा, गाडी, साधनस्रोत प्रयोग गरेर होस्, कि मिडियामा नानाभाँती समाचार लेखाएर बदनाम गर्दै चरित्र हत्या गर्दै निरूस्ताहित गर्न होस्, कि कहिले धर्म त कहिले जातिको नाममा आक्रमण गराएर होस्, कि पार्टी फुटाइदिने षड्यन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरू नै खरीद गरिदिने प्रपञ्च होस्, कि मलाई ज्यान मार्ने वा रेशमजीलाई पुनस् पक्राऊ गराइदिने धम्की होस्, कुनै पनि कसर बाँकी राखेका छैनन्।
तर हामी आत्तिएका छैनौं। तपाईंहरू पनि नआत्तिनुहोला। जनताको भावना र आकांक्षा एकता भएकोले हामी एकताको लागि अगाडि बढने नै छौं। एकता हुन्छ नै।यही वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच घोषणाको तैयारी गर्दैछौं ।
जनमत र नाउपाबीच नेतृत्व, पार्टीको नीति र चुनाव चिह्न पनि टुंगो लागिसकेको दुवै पार्टीले बताएका छन्। एकीकृत पार्टीको नेतृत्व सिके राउतले गर्नेछन्। नाउपा संरक्षक रेशम चौधरी एकीकृत पार्टीको पनि संरक्षक र अध्यक्ष रञ्जिता श्रेष्ठ तेस्रो वरीयतासहित सहअध्यक्ष हुनेछिन्। चौधरीको वरीयता स्थान पहिलो रहनेछ।
एकीकृत पार्टीको नाम नागरिक जनमत पार्टी टुंगो लागेको छ भने चुनाव चिह्न नाउपाले प्रयोग गर्दै आएको ढकिया हुनेछ। पार्टीको झन्डा कलेजी रङको पृष्ठभूमिसहितका आयताकार र पृष्ठभूमिमा सेतो रङको पिँधसहितको ढकिया हुनेछ। एकीकृत पार्टीको केन्द्रीय समिति ७०० सदस्यीय हुनेछ।









