file photo
बर्दिया — बुधबार साँझ गुलरिया नगरपालिका–५ बबई नदीको रामबाग घाटबाट नजिकै नुहाउने क्रममा बेपत्ता भएका गुलरिया–५ का सृजन पोखरेलको बिहिबार पनि खोजि कार्य जारी छ ।
Advertisement
तर उनको शव फेला नपरेपछि बिहीबार बिहानदेखि सशस्त्र प्रहरी बल, बाँकेबाट आएको गोताखोरले खोजी कार्य जारी गरे पनि बिहिबार दिउँसो ४ बजेसम्म फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।
बर्दिया प्रहरीका अनुसार बिहिबार बिहान ५ बजे घटनास्थलमा ४ जना गोताखोरसहित नौ जनाको टोली परिचालन गरिएको छ । बुधबार साँझसम्म खोजी गर्दा फेला नपरेपछि बाँकेको शम्सेरगन्जबाट आएका सशस्त्र प्रहरीका गोताखोर गुलरिया आएर खोजी सुरु गरेको हो ।
यसअघि पनि भादा नदीको रामबाग घाटमा नुहाउन गएका युवाहरु पनि डुबेर बेपत्ता भएका थिए । उनीहरुको शव पनि नभेटिएको स्थानीयहरु बताउँछन् ।









