लुम्बिनी कपको फाईनल आज: नेपालगन्ज रंगशालाम भिड्दै एपीएफ र पुलिस  क्लब

 

नेपालगन्ज —पहिलो लुम्बिनी कप आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधिकाको फाइनलका लागि शुक्रबार नेपालगन्ज रंगशालामा दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लब भिडदै छ्न ।

Advertisement

२०७९ सालयता एपीएफलाई कुनै पनि टोलीले पराजित गर्न सकेको छैन । त्यतिबेला च्याम्पियन बनेको पुलिस पनि त्यसयता उपाधिविहीन छ । एपीएफले दुई पटक महिला लिग जितिसकेको छ । टोलीले हालै इलाम र चितवन गोल्डकपको उपाधि पनि उचालेको थियो ।

लुम्बिनी कपमा पुलिसले पहिलो खेलमा भारतको सिलिगुढी एफसीलाई ४–० ले र सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराएको थियो ।

यता, एपीएफले पहिलो खेलमा कर्णाली प्रदेश फुटबल संघलाई ६–० र सेमिफाइनलमा रौतहटलाई ३–० ले पराजित गरेर फाइनल तय गरेको हो ।

 

यो सिजन एपीएफ र पुलिस दोस्रो पटक फाइनलमा भिड्दै छन् । यसअघि राष्ट्रिय महिला लिगको फाइनलमा एपीएफले पुलिसलाई हराएको थियो । एपीएफले इलाम र चितवनमा भने आर्मीलाई हराउँदै उपाधि जितेको हो ।

बाँके जिल्ला फुटबल सघसँगको सहकार्यमा अन्तरालले आयोजना गरेको प्रतियोगिता विजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुनेछन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु