गुलरिया — पौडी खेल्ने क्रममा बबई नदीको जब्दी घाटमा डुबेर बेपत्ता भएका गुलरिया नगरपालिका–५ का सृजन पोखरेलको शव तीन दिनपछि सशस्त्र प्रहरी बल, बाँकेबाट आएको गोताखोर टोलीले फेला पारेको छ ।
उनी डुबेको स्थानदेखि करिब २ सय मिटर दक्षिणमा मृत फेला परेको बर्दिया प्रहरीले जनाएको छ । बुधबार गुलरिया–५ का सृजन पोखरेल साथीहरुसँग बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।
Advertisement
बुधबार साँझसम्म खोजी गर्दा फेला नपरेपछि बाँके शम्सेरगन्जबाट सशस्त्र प्रहरीको गोतखोर टोली खोजिका लागि आएको थियो ।









