रोयल नेपालगन्ज दोस्रो महेश थापा स्मृति फुटसल प्रतियोगिता शुरु

रोयल नेपालगन्ज दोस्रो महेश थापा स्मृति फुटसल प्रतियोगिताको सेमिफाईनलमा पुग्ने टोलीको टुगो लागेको छ । शुक्रवार भएको पहिलो क्वाटर फाइनल खलमा आयोगयो एफसी सेमिफाइलमा प्रवेश गरेको छ । उसले नेपालगन्ज राझाँ एयरपोट लाई ट्राईवेकरमा २ का विरुद्ध ३ गोलले विजयी भएको छ । खेलमा विक्रम हरिजन म्यान अफ द म्याच घोषित भए ।
त्यतै दोस्रो क्वाटर फाईनल खेलमा योग लाईट विजयी भयो । उसले सुर्य स्पोटर्स क्लवलाई ४ का विरुद्ध ८ गोल गर्‍यो । खेलमा सागर विष्ट म्यान अफ द म्याच घोषित भए ।
तेस्रो खेलमा आयोजक रोयल नेपालगन्जले मनिङ टिमलाई २ का विरुद्ध ४ गोल गर्दै विजयी भयो । खेलमा रमेशराज रेग्मी म्यान अफ द म्याच घोषित भए । अन्तिम क्वाटर फाइनल खेलमा एफ सी संघारीलाई हराँउर्दै कोहलपुर फुटसल एण्ड गेम संसार विजयी भयो ।
प्रतियोगिताको उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले गर्नु भएको थियो ।

Advertisement

उद्घाटन सत्रमा एन्फाका लुम्विनी प्रदेश उपाध्यक्ष सुर्यमणि अधिकारी, नेपालगन्ज उपपहानगरपालीका १२ का वडा अध्यक्ष तरुण वज्राचार्य लगायतको सहभागिता रहेको छ । सेमि फाईनल र फाईनल खेल शनिवार हुनेछ ।

Advertisement

१६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले ५५५५५ र उप विजेता टिमले २७७७७ मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु