नागरिक उन्मुक्ति र जनमत पार्टिबिचको एकताले देशभरि तरँग

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टिबिच एकता हुने मिति सर्दै गएपछि अनेक शंका गरिएला बेला अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समितिको बैठक बोलाएपछि देश तरणित भएको छ ।

बैशाख १७ गते डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकीकरण हुन गइरहेको छ । त्यसअघि वैशाख १५ गते केन्द्रीय समितिको बैठक बोलाइएको अध्यक्ष श्रेष्ठले बताइन् ।

Advertisement


एकीकरणको विषयमा छलफलका लागि बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय सदस्यहरूलाई नागरिकता र मतदाता परिचयपत्र समेत साथमा ल्याउन अध्यक्ष श्रेष्ठले भनेकी छिन् ।

एकताका सबै तयारी पुरा भएको छ । पार्टीको नाम जनमत पार्टी र चुनाव चिन्ह ढकिया रहने सहमति भइसकेको छ भने पार्टीको कार्यकारी अध्यक्ष राउत रहने छन् । नयाँ पार्टीको संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने सहमति भएको छ । केन्द्रीय समितिमा दुवै पार्टीबाट आधा आधा भागबन्डा लगाउने तयारी भएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु