मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना

२७ असोज, काठमाडौं । रुम्झाटारबाट लोबुचे (सोलुखुम्बु) उडेको मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ ।
हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो ।

 

Advertisement

हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित रहेका छ्न ।

उनलाई अहिले ह्याम्स हस्पिटल ल्याइँदैछ ।

अवतरणका क्रममा दुर्घटनामा परेको देखिन्छ कारण खुलेको छैन ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु