नेपालगन्ज ।जल तथा मौसम विभागले जानकारी दिएको जानकारीका अनुसार
Advertisement
सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकीका केही स्थानहरूमा, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
सोमबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको छ।