बर्दिया, वैशाख १४ —
थारु समुदायको पौराणिक लोक कला संस्कृति संरक्षण तथा युवा पुष्टामा सचेतना जगाउने उद्देश्यले बारबर्दिया ४ घोरपित्तामा आईतबार थारु संस्कृति संरक्षण सम्बन्धि नाटक प्रदर्शनी गरिएको छ । बर्दियाली थारु कलाकार मंचको आयोजना तथा लुम्बिनी प्रदेश पर्यटक डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको छ । सोही कार्यक्रम वैशाख १५ गते गुलरिया नगरपालिका–५, सुहेल्वा गाउँमा आयोजना हुने आयोजकले जनाएको छ ।
Advertisement
कार्यक्रममा शुभकामना मन्तव्य दिर्दै लुम्बिनी प्रदेश संसद माननीय राज कुमार चौधरीले थारु कला संस्कृति संरक्षणमा यो सचेतनामुलक नाटक तथा संस्कृतिक कार्यक्रमले महत्वपुर्ण योगदान दिने बताए । उनले भने अहिले थारु समुदायको पौराणिक कला संस्कृति लोप हुदै गएको छ । यो सचेतनामुलक नाटकले संस्कृति संरक्षणमा युवाहरुको ध्यान केन्द्रित हुने बताए । पुर्खाले अंगालेको कला संस्कृति बिशेष गरेर युवावर्ग नै संरक्षणमा लाग्नु पर्ने उहाँको भनाई थियो । यस्तै शुभकामना दिदै बारबर्दिया नगरपालिकाका मेयर छबिलाल थारुले कुनै कला संस्कृति मानवजातिको एउटा अभिन्न अंग भएको बताए । उनले भने कला संस्कृति सबैलाई जोड्ने एउटा माध्यम हो । यसलाई सबैले सम्मान गर्नु पर्छ । अनि मात्रै थारु समुदायको कलासंस्कृति संरक्षण हुन्छ । तब मात्रै थारु समुदायको सम्मान हुने उनले बताए ।
पछिल्लो समय थारु समुदायको पौराणिक संस्कृति लोप हुदै गएको छ । समाजिक संञ्जाल, टिकटकमा भाईरल हुनका लागि आप्mनो संस्कृतिमाथि नै नकारात्मक असर पर्ने खालको गतिबिधि प्रस्तुत गर्ने क्रम बढेको छ । साथै डिजे बजाउदां पनि दुरुपयोग गर्ने क्रम बढेकाले, उक्त गतिबिधि बिरुद्ध सचेतना पैmलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बर्दियाली थारु कलाकार मंचका अध्यक्ष महेश राम थारुले बताए । उनले भने, थारु युवाहरु आप्mनो संस्कार र संस्कृति बिर्सिदै गएकाछन् । पुर्खोदेखि पुजिदै आएको गाउँसमाजका कुल देउता, थनुवा मरुवाको महत्वबारे समेत युवाहरुमा सचेतना जगाउनमा यो कार्यक्रमले टेवा पु¥याएको उनले दाबी गरे ।
कार्यक्रममा पौराणिक लोक कला संस्कृति झल्किने हुरर्दुङ्गवा नाच नाटक प्रस्तुत गरिएको थियो । साथै बर्दियाका थारु कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा प्रस्तुत गरिएको संस्कृति नाटकको लेखक तथा संचका सल्लाहकार मस्तराम थारु (मस्ते बर्दियाली)ले प्रस्तुत गरिएको युवाहरुलाई सचेतना जगाउनमा मद्धत पु¥याएको उनले बताए । कार्यक्रमबाट थारु लोककला संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न मद्दत पुग्ने, कलाकारहरूको मनोबल बढाउन हौसला बढ्ने, नाटक मार्पmत सचेतना पैmलाउने, रैथाने खानपानको व्यवसायिकरणमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ । साथै बर्दिया जिल्लामा रहेका धार्मिक, संस्कृतिक पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा समेत सहयोग पुग्ने बताइएको छ । बर्दियाली थारु कलाकार मञ्चले यस कार्यक्रमलाई थारु समुदायको सांस्कृतिक जागरणको एउटा महत्वपूर्ण प्रयासका रूपमा समेत लिएको छ ।
कार्यक्रममा बारबर्दिया नगरपालिकाका उपमेयर रत्न कुमारी पाण्डे, लुम्बिनी प्रदेश पर्यटक डिभिजन कार्यालयका प्रमुख टंक नाथ खनाल, पर्यटन प्रबद्र्धन तथा योजना शाखाका अधिकृत बालकृष्ण चौधरी, गायक शन्तराम चौधरी, पदनहाका बरघर ढाकाराम चापागई, युवा अगुवा संगम चौधरी, बरघर, स्थानीय जनप्रतिनिधि कलाकार स्थानीय नागरिकहरुको उल्लेख्य मात्रमा सहभागिता रहेको थियो ।