बागलुङमा आगलागीबाट एक जनाको मृत्यु

 

रासस/ २७ असोज, ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ ।

Advertisement

गलकोट नगरपालिका-४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गामाटोले बनेको गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।

शुक्रबार राति १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । राति नै इलाका प्रहरी गलकोटको टोली आगो निभाउन घटनास्थलमा पुगेको थियो । आगो के कसरी लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु