नेपालगन्ज —बाँके प्रहरीले सीमावर्ती भारतीय बजार रुपैडिहाबाट नेपालगन्ज आउँदै गरेकी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ की ३४ वर्षीया पुष्पा लोनियालाई प्रहरीले १९ ग्राम २ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
Advertisement
प्रहरीका अनुसार लागुऔषधका कारोबारीले ती महिलालाई भरिया बनाएको देखिन्छ । बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार पुष्पालाई शंका लागेर जाँच गर्दा उनले बोकेको झोलामा ब्राउनसुगर फेला परेको हो ।