बर्दिया, वैशाख १५ —
थारु समुदायको पौराणिक लोक कला संस्कृति संरक्षण तथा युवा पुष्टामा सचेतना जगाउने उद्देश्यले गुलारिया ५ सुहेलवामा सोमबार थारु संस्कृति संरक्षण सम्बन्धि नाटक प्रदर्शनी गरिएको छ । बर्दियाली थारु कलाकार मंचको आयोजना तथा लुम्बिनी प्रदेश पर्यटक डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
सोही कार्यक्रम वैशाख १४ गते आईतबार बारबर्दिया –४ घोरपित्ता गाउँमा पनि सम्पन्न भएको बर्दियाली कलाकार मंचका अध्यक्ष महेश राम थारुले बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य दिर्दै गुलारिया नगरपालिकाकाम उपमेयर साबित्रा गौतमले थारु समुदायले आप्mनो पुर्खोदेखि चलिआएको संस्कार संस्कृति छाडि सकेका बताइन् । उनले भनिन् , अहिले थारु समुदायले आप्mनो संकार संस्कृति छाडिसकेका छन्, बिदेशी संस्कृतिमा युवा पुष्टा रमाउन थालेको छन् । कार्यक्रममा बिकृति बिरुद्ध पर्दशन गरिएको नाटकले पनि समाजिक संञ्जाल तथा संस्कृतिमा देखिएको बिकृति छर्पष्ट दर्शएको उनले बताइन् ।

यस्तै गुलारिया नगरपालिका ५ का वडा अध्यक्ष मुम बहादुर मल्लाले आप्mनो समुदायको पौराणिक कलासंस्कृति संरक्षणमा सबै युवा लाग्नु पर्ने बताए ।उनले भने, अहिले थारु समुदायको पौराणिक कला संस्कृति लोप हुदै गएको छ । अहिले कला संस्कृतिमा देखिएको बिकृतिबारे पर्दशन गरिएको नाटकबाट धेरै कुरा सिक्न सकिने उहाँको भनाई थियो ।
पछिल्लो समय थारु समुदायको पौराणिक संस्कृति लोप हुदै गएको छ । समाजिक संञ्जाल, टिकटकमा भाईरल हुनका लागि आप्mनो संस्कृतिमाथि नै नकारात्मक असर पर्ने खालको गतिबिधि प्रस्तुत गर्ने क्रम बढेको छ । साथै डिजे बजाउदां पनि दुरुपयोग गर्ने क्रम बढेकाले, उक्त गतिबिधि बिरुद्ध सचेतना पैmलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बर्दियाली थारु कलाकार मंचका अध्यक्ष महेश राम थारुले बताए । उनले भने, थारु युवाहरु आप्mनो संस्कार र संस्कृति बिर्सिदै गएकाछन् । पुर्खोदेखि पुजिदै आएको गाउँसमाजका कुल देउता, थनुवा मरुवाको महत्वबारे समेत युवाहरुमा सचेतना जगाउनमा यो कार्यक्रमले टेवा पु¥याएको उनले दाबी गरे ।

कार्यक्रममा पौराणिक लोक कला संस्कृति झल्किने हुरर्दुङ्गवा नाच, नाटक प्रस्तुत गरिएको थियो । साथै बर्दियाका थारु कलाकारहरु बिवश चौधरी, भावना चौधरी, लक्ष्मी चौधरी लगायत् दर्जन बढी कलाकारहरुको समेत थारु कला संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रस्तुत गरिएको संस्कृति नाटकको लेखक तथा संचका सल्लाहकार मस्तराम थारु (मस्ते बर्दियाली)ले प्रस्तुत गरिएको युवाहरुलाई सचेतना जगाउनमा मद्धत पु¥याएको उनले बताए ।
कार्यक्रमबाट थारु लोककला संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न मद्दत पुग्ने, कलाकारहरूको मनोबल बढाउन हौसला बढ्ने, नाटक मार्पmत सचेतना पैmलाउने, रैथाने खानपानको व्यवसायिकरणमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ । साथै बर्दिया जिल्लामा रहेका धार्मिक, संस्कृतिक पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा समेत सहयोग पुग्ने बताइएको छ ।
बर्दियाली थारु कलाकार मञ्चले यस कार्यक्रमलाई थारु समुदायको सांस्कृतिक जागरणको एउटा महत्वपूर्ण प्रयासका रूपमा समेत लिएको छ ।कार्यक्रममा सहयोग तथा सहभागी अतिथिहरुलाई सम्मान पत्रद्धरा सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पुराना कलासंस्कृतिका जानकारहरु, अगुवा बुद्धिजीवी, बरघर कलाकार लगायत् स्थानीय नागरिकहरुको उल्लेख्य मात्रमा सहभागिता रहेको थियो ।











