रेशम चौधरी पक्राउ अनधिकृत: रिहा हुँदै

 

काठमाडौँ —अदालतको प्रशासनले नै इजलासबाट आएको फैसला शैलीमा पत्र लेखेर प्रहरीलाई दिएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको खुलेपछि रिहा हुने भएका छ्न ।

Advertisement

 

सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय नै उल्ट्याइदिएका छन् । यही पत्रका आधारमा प्रहरीले चौधरीलाई बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेको हो ।

‘यो पत्र प्रथम दृष्टिमै गैरकानुनी र गैसंवैधानिक छ,’ चौधरीका अधिवक्ता टेकबहादुर कुँवरले भने, ‘रेशमलाई राज्य संयन्त्रको दुरुपयोग गरेर थुनिएको छ । ‘ २०८० जेठ १४ राष्ट्रपतिद्वारा दिइएको आममाफीको निर्णयविरुद्ध परेको रिट सर्वोच्चमा विचाराधीन छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा हुनै लाग्दा चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले भने सर्वोच्चको आदेश कार्यान्वयन गर्न चौधरीलाई पक्राउ गरिएको स्पष्टीकरण दिएको छ । पक्राउलगत्तै उनलाई डिल्लीबजार कारागारमा बुझाइएको थियो ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु