योङ लाइनले जित्यो रोयल नेपालगन्ज दोस्रो महेश थापा स्मृति फुटसलको उपाधी

रोयल नेपालगन्ज दोस्रो महेश थापा स्मृति फुटसल प्रतियोगिताको उपाधी योङ लाइन एफसीले जितेको छ । शनिवार भएको फाइनल खेलमा कोहलपुर फुटसल एण्ड गेम संसारलाई ट्राइबेकरमा २–१ गोलले पराजित गर्दै योङ लाइन्सले उपाधी जितेको हो ।
योङ लाइन्सले सेमिफाइनलमा आयो–गयो एफसीलाई ८–५ गोल र कोहलपुरले रोयल नेपालगञ्ज फुटबल क्लवलाई ट्राइबेकरमा २–१ गोलले पराजित गरेको थियो ।

१६ वटा टीम रहेको प्रतियोगिताको विजेता योङ लाइन्सले ५५ हजार ५ सय ५५ र उपविजेता कोहलपुरले २७ हजार ७ सय ७७ रुपैया पुरस्कार पाएका छन् ।
खेलमा म्यान अफ द म्याच र वेष्ट किपर सागर विष्ट घोषित भए । सर्वाधिक गोलकर्ता असोक केसी ,वेष्ट किपर विनोद शाही घोषित भए । फेयर प्लेको पुरस्कार नेपालगञ्ज फुटसल मोर्निङ टीमले पायो

Advertisement

विजेता, उपविजेतालगायत विधागत उत्कृष्टलाई निलसागर सेवा आश्रमका संस्थापक अध्यक्ष सरिता खनाल, रोयल नेपालगञ्ज फुटबल क्लवका अध्यक्ष सूर्यमणि अधिकारी, बरिष्ठ सल्लाहकार किसन गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु