बर्दियामा २ दिने पौराणीक लोक नृत्य प्रतियोगिता समापन ।

बर्दिया, असोज २७ शनिबार
बर्दियाको बारबर्दिया नगरपालिका ५ बारदिया गाउँमा पहिलो पटक आयोजना गरिएको पौराणिक लोक नृत्य प्रतियोगिता तथा बृहत संस्कृतिक कार्यक्रम समापन भएको छ । राष्ट्रिय थारु कलाकार मंच बर्दियाको आयोजना तथा पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको छ । दुई दिनसम्म चलेको कार्यक्रमले भाषा संस्कृति र सहित्य संरक्षण गरौं, पौराणिक कला सिप नयाँ युवापुष्टमा हस्तान्तरण गरौं भन्ने नाराका साथ सम्पन्न भएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका संसद राज कुमार चौधरीले कार्यक्रममा बोल्दै भने, हामी थारु हौं, हामी कला संस्कृतिका धनी छौं । उक्त कलासंस्कृति संरक्षण गर्ने सपना थियो त्यो आज पुरा भएको छ । यो दुई दिनको प्रतियोगिता तथा संस्कृतिक कार्यक्रमले पौराणिक लोक कला संस्कृतिको प्रबद्र्धन भएको उनले बताए । अगामी दिनमा साथ र सहयोग गरे थप बजेटको बिनियोज गरेर कलासंस्कृति संरक्षणमा योगदान पु¥याउदै जाने बताए ।

Advertisement

कार्यक्रममा थारु पौराणीक लोककला संस्कृति संरक्षणमा टेवा पु¥याउने २९ जनालाई सम्मान गरिएको राष्ट्रिय थारु कलाकार मंच बर्दियाका अध्यक्ष परदेशी चौधरीले बताए । जसमध्ये थारु कला संस्कृति संरक्षण तथा प्रबद्र्धनमा कलम चलाउने १० जना पत्रकारलाई सम्मान गरिएको छ । सम्मानित हुने पत्रकारमा पत्रकार महासंघ बर्दियाका उपाध्यक्ष मेनका चौधरी, थारु पत्रकार संघका केन्द्रिय सदस्य तथा आदीबासी पत्रकार महासंघ बर्दियाका अध्यक्ष जनक चौधरी, आदीबासी जनजाति पत्रकार महासंघ बाँकेका अध्यक्ष भगतराम थारु, थारु पत्रकार संघका केन्द्रिय सदस्या तथा कृष्णसार एफएमका पत्रकार शम्भु प्रसाद थारु, गुर्बाबा एफएम बाँसगढीका पत्रकार हुम कुमार थारु,  थारु पत्रकार संघ बाँकेका सचिव तथा ग्यालेक्सी टेलिभिजनका पत्रकार जागेश्वर थारु, पत्रकार हरि गुरुङ्ग, दिनेश ठाकुर, राज कुमार बिक लगायत्का पत्रकार सम्मनित भएकाछन् । कार्यक्रममा सहभागी ४८ तिमका प्रतिस्प्रर्धीहरुलाई प्रमाणपत्र तथा अतिथिहरुलाई पनि माया चिनो प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा थारु लोक कला, भेषभुषा, संस्कृति झल्किने हुरडुग्वा, लक्ठिहवा, झर्रा, सखिया, मुङग्रहवा दिन उठवा, बिहगरा, पैया गरी एक दर्जन बढी बिधाका लोक नृत्य प्रस्तुतिकरण भएको थियो । प्रतियोगितामा थारु भाषा संस्कृति झल्किने एक दर्जन बिद्याका  ४८ वटा टिमले पौराणिक लोक नृत्य प्रस्तुत गरेका थिए । सहभागि हुने सबै बिधाका नाच मध्ये ३ उत्कृष्ट तिमलाई प्रमाण पत्र सहित नगद २०÷२० हजारबाट पुरस्कृत गरिएको छ । पुरास्कृत हुने तिमहरु जमुनिया गाउँको हुरर्डुग्वा नाच, कर्तनिया गाउँको माँगर गित नाच, धोयिबा गाउँको सखिया नाच उत्कृष्ट भएको मुल्यांकन समितिका संयोजक सोमाती थारुले बताए ।


प्रतियोगिता तथा संस्कृतिक कार्यक्रमले पौराणिक लोककला संस्कृतिको संरक्षण तथा प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्य राखिएको थियो । आदीबासी जनजाती समुदायमा रहेको लोककलाको संरक्षण गर्न अभिप्रेरित गर्दै प्रोत्साहन गर्ने, बर्दियाली कलाकारहरुको मनोबल बढाउन हौसला प्रदान गर्ने, कला तथा गितसंगित जगेर्ना गर्नमा सकृयता र सहभागितामा बृद्धि गर्ने, पौराणिक लोक कला संरक्षणकर्ता तथा सर्जकहरुलाई सम्मान गर्ने, स्थानीय रैथाने खानपान व्यवस्थानको व्यवसायिकरण गर्न टेवा पु¥याउने, बर्दियाली कलाकारहरुको प्रस्तुतिबाट मनोरञ्जन प्रदान गर्ने, बर्दिया जिल्लामा रहेका ऐतिहासिक, संस्कृतिक तथा पौराणिक स्थालहरुको प्रचार प्रसार गर्ने उद्देश्य राखिएको थियो ।
संस्कृतिक कार्यक्रममा जिल्लाको बारबर्दिया, गुलारिया र ठाकुरबाबा नगरपालिका गरी ४८ तिमको सहभागिता रहेको थियो । राष्ट्रिय थारु कलाकार मंच बर्दियाका अध्यक्ष परदेशी थारुको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन महेश राम थारु र मस्तराम थारुले गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु