काठमाडौं / संघीय संसद् अन्तर्गत् सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ। आज बिहान संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।
गत वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
Advertisement
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ।








