नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका–११ मा म्याजिक भ्यानले ई रिक्सालाई ठक्कर दिँई घाईते भएका कोहलपुर नगरपालिका वडा न. ११ का ३३ वर्षीय भीमबहादुर शाहीको मृत्यु भएको छ ।
Advertisement
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आइतबार अबेर साँझ भएको सो दुर्घटनामा परेर भे १ ख ९५६१ नम्बरको ई रिक्सा चालक शाही गम्भीर घाइते भएका थिए । उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा राती मृत्यु भएको हो ।
कोहलपुर नगरपालिका वडा न. १ कौशिला नगरका ३२ वर्षीय लक्ष्मण शाहीले चलाएको म्याजिक भ्यानले ई रिक्सालाई ठक्कर दिँदा शाही घाईते भएका थिए । घटनापछि प्रहरीले म्याजिक भ्यानका चालक शाहीलाई नियन्त्रणमा लिएको छ ।









