काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीका जन्मदाता रेशमलाल चौधरीको गैर कानुनी गिरफतारीप्रति क्रुद्ध बनेका पार्टीका नेताहरु आज संसदमा सरकारसंग जवाफ माग गरेका छन्। सांसद लालबीर चौधरीले पार्टीका नेता रेशम चौधरीलाई अपहरणको शैलीमा पक्राउ गरिएकोबारे सरकारसँग माग गरेका हुन ।
Advertisement
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद चौधरीले रेशमलाई फर्जी गरेर पक्राउ गराउने व्यक्तिलाई कारबाहीको दायरामा सरकारले कुनै कदम नचालेको भन्दै आपत्ती जनाए । उनले सरकारले रेशमको गिरफतारी बारे जवाफ नदिए सरकारबाट बाहिरिने चेतावनी दिए ।
उनले दस्तावेजसंग भने, हाम्रो पार्टी र जनमत पार्टीको एकताको तयारीमा रहेका बेला हाम्रो नेता रेशम चौधरीलाई अपहरण शैलीमा पक्राउ गरेर डिल्लीबजार लगियो। सर्वोच्च अदालतले आफ्नो धारणा दिईसक्यो । तर सरकार मौन छ । प्रधानमन्त्री वा गृहमन्त्रीबाट कुनै जवाफ नआए हामी सरकारबाट बाहिरिन्छौँ ।









